- Home
- Showing Post From:-देश
देश
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ मनमैजुस्थित Rosemary Idol Boarding School मा आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षासम्बन्धी विशेष सचेतना तथा व्यवहारिक तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
Gas One Nepal Pvt. Ltd. को आयोजना तथा विद्यालयको सहकार्यमा सम्पन्न “Fire Control and LP Gas Safety Awareness Training Programme” ले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
२०८३ साल जेठ ८ गते शुक्रबार सम्पन्न कार्यक्रममा आगलागी नियन्त्रण, एलपी ग्यासको सुरक्षित प्रयोग, आकस्मिक विपद् व्यवस्थापन तथा प्रारम्भिक उद्धार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक …
तारकेश्वर नगरपालिका–१ स्थित साङ्ला बिहानी चोक नजिक रहेको मठमन्दिर परिसर तथा सार्वजनिक जग्गामा “द अनकाउन्टेड युथ्स” र अनाहाता नेपालको संयुक्त आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रमले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको आयोजकले बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले सरसफाइसँगै वृक्षारोपणमा सक्रिय भूमिका निभाउँदै समुदायप्रतिको जिम्मेवारी र सामाजिक चेतना अभिवृद्धि गरेका थिए।
संस्थाहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानले समाजमा हरियाली विस्तार र वातावरण संरक्षण आवश्यक रहेको सन्देश …
काठमाडौं । तार्केश्वर नगरपालिका भित्र सञ्चालन भइरहेका केही निजी विद्यालयहरूले भाडामा लिएको जग्गाको मालपोत तथा सम्पत्ति करसमेत आफैं तिर्दै आएको विषय बाहिरिएपछि शिक्षा क्षेत्र, अभिभावक तथा कानुनविद्हरूबीच गम्भीर बहस सुरु भएको छ ।
प्रश्न सीधा छ —
जग्गाको मालिक एकातिर, तर कर तिर्ने विद्यालय किन ?
कतिपय विद्यालयहरूले वर्षौंदेखि :
लाखौं रुपैयाँ घरभाडा तिर्ने,
त्यसमाथि मालपोत तथा सम्पत्ति कर पनि व्यहोर्ने,
नवीकरण र स्थानीय शुल्कसमेत तिर्नुपर्ने अवस्था रहेको स्रोतहरूको दाबी छ ।
यसले अहिले शिक्षा क्षेत्रमै ठूलो प्रश्न खडा गरेको छ —
“विद्यालय सञ्चालन गर्ने कि जग्गाधनीको कर तिरिरहने ?”
कानुनले के भन्छ ?
मा प्रकाशित प्रचलित कानुनी व्यवस्था अनुसार …
तारकेश्वर नगरपालिका वडा नम्बर–११ स्थित दियालो फुलल्यान्डमा The Uncounted Youths र Anahata Nepal को संयुक्त आयोजनामा युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत भूमिकासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा समाजमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिका, समुदायप्रतिको जिम्मेवारी, युवाहरूको क्षमता विकास, सामाजिक चेतना अभिवृद्धि तथा सकारात्मक समाज निर्माणमा युवाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा समाजमा बढ्दो हिंसा, विभेद, मानसिक दबाब तथा युवाहरूबीच चेतनाको अभावजस्ता विषयमा समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। आयोजक संस्थाहरूले सुरक्षित समाज निर्माण, …
काठमाडौं — शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ।
जंगलमा भेटिएको उक्त शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीकै भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार तिवारी वैशाख ११ गते घरबाट बजार जाने भन्दै निस्केकी थिइन्।
बेलुकासम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो, त्यसपछि खोजी अभियान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा तिवारीसँग एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उनले नै हत्या गरी शव जंगलमा गाडेको स्वीकार गरेको …
काठमाडौं, २०८३ वैशाख १९ — तारकेश्वर नगरपालिकामा युवाहरूको सक्रियता झन् बलियो बनाउने संकेत देखिएको छ।
‘द अनकाउन्टेड युथ’ नामक युवा संस्थाले शनिबार सम्पन्न भेलाबाट निरज बिक्रम थापा (निल)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै औपचारिक रूपमा नयाँ यात्राको घोषणा गरेको हो।
विगत केही समयदेखि ओझेलमा परेका युवाहरूको आवाज उठाउने उद्देश्यसहित अघि बढेको यो संस्था अब संगठित र आक्रामक ढंगले सामाजिक अभियानमा उत्रने संकेत देखिएको छ।
भेलामा नगरका विभिन्न वडाबाट उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो, जसले संस्थाप्रति बढ्दो आकर्षण र विश्वासलाई प्रस्ट पारेको छ।
बलियो टिम, स्पष्ट लक्ष्य
नयाँ कार्यसमितिमा वरिष्ठ सल्लाहकारमा डा. प्रविन …
काठमाडौं । तार्केश्वर नगरपालिका–३ तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी तीन दिनदेखि बेपत्ता भएकी छन्।
परिवारका अनुसार तिवारी वैशाख ११ गते मध्यान्ह करिब १२ बजे ‘अस्पताल जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्।
त्यसयता उनी सम्पर्कविहीन रहेकी छन्, जसले परिवारलाई थप चिन्तित बनाएको छ।
घटनापछि आफन्त तथा परिवारजनले खोजीकार्य जारी राखेका छन्। तर हालसम्म उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
परिवारले सर्वसाधारणलाई सहयोगका लागि अपिल गर्दै उनलाई कतै देखे वा कुनै जानकारी पाएमा तुरुन्त सम्पर्क गरिदिन अनुरोध गरेको छ।
सम्पर्कका लागि: ९८४९५४७१४४, ९८४९१६२९६२, ९८४११६०६१७, नेपाल प्रहरी -१००
KATHMANDU – In a powerful demonstration of youth leadership and community action, a dynamic environmental initiative marking Earth Day 2026 was successfully carried out at Madan Bhandari Park, Ward No. 13 of Chandragiri Municipality.
Aligned with the global campaign led by EARTHDAY.ORG, the program brought the theme “Our Power, Our Planet” to life through meaningful grassroots engagement in Nepal.
The initiative was spearheaded by Kamal Pokhrel, Youth Ambassador of My Future My Voice (MFMV) and Lead Member of GPCorps South Asia, who mobilized a diverse coalition of young leaders, community members, and …
काठमाडौँ, अप्रिल २५, २०२६ – EARTHDAY.ORG को को नेतृत्वमा सञ्चालन भइरहेको विश्वव्यापी पृथ्वी दिवस २०२६ अभियानसँग समन्वय गर्दै, आज चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित मदन भण्डारी पार्कमा एक प्रभावशाली युवा–नेतृत्वमा आधारित वातावरणीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस वर्षको विश्वव्यापी नारा “Our Power, Our Planet” लाई आत्मसात गर्दै कार्यक्रमले अन्तर्राष्ट्रिय जलवायु अभियानलाई नेपालको स्थानीय तहमा अर्थपूर्ण रूपमा रूपान्तरण गरेको देखिएको छ।
यस पहलको नेतृत्व तथा संयोजन ले गर्नुभएको थियो, जो My Future My Voice (MFMV) का युवा राजदूत तथा GPCorps South Asia का प्रमुख सदस्य हुनुहुन्छ। उहाँको नेतृत्वमा विभिन्न युवा सञ्जाल, …








