- Home
- Showing Post From:-देश
देश
काठमाडौं। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार काठमाडौं जिल्लाका १० स्थानीय तहमध्ये तारकेश्वर नगरपालिकाको बेरुजु दर सबैभन्दा बढी ३.५९ प्रतिशत रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको बेरुजु १२ करोड २० लाख ३५ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च रहेको जनाइएको छ। हालसम्म नगरपालिकाको कुल बेरुजु ५६ करोड ८ लाख ५ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले बजेट कार्यान्वयन, लेखा पारदर्शिता तथा वित्तीय अनुशासनका विभिन्न पक्षमा थप सुधार आवश्यक रहेको औंल्याएको छ। प्रशासनिक, आर्थिक तथा नीतिगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि महालेखा परीक्षकको …
काठमाडौं । तारकेश्वर नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले नगरपालिकाले असार ११ गते जारी गरेको ‘ध्यानाकर्षण’ सम्बन्धी विज्ञप्तिप्रति गम्भीर असहमति जनाउँदै शुक्रबार प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
पत्रकारहरूले नगरपालिकाको विज्ञप्तिले कुनै एक समाचार वा व्यक्तिगत अभिव्यक्तिलाई आधार बनाएर समग्र पत्रकार समुदायमाथि अविश्वास, पूर्वाग्रह र आरोप लगाउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
उनीहरूले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले सार्वजनिक निकायका गतिविधि, निर्णय, सेवा प्रवाह, विकास निर्माण तथा जनचासोका विषयमा समाचार संकलन र सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक …
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को कार्यकारी प्रमुख (सीईओ) मा विवादित कर्मचारी रामरतन साहलाई नियुक्त गर्न तीव्र राजनीतिक तथा प्रशासनिक दबाब परेको आरोप सार्वजनिक भएको छ।
स्रोतका अनुसार काठमाडौं महानगरपालिका की कार्यबाहक मेयर सुनिता डंगोल माथि प्रधानमन्त्री सचिवालयका सदस्यदेखि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सम्मबाट साहलाई सीईओ बनाउन चर्को दबाब परेको बताइएको छ।
रामरतन साह यसअघि काठमाडौं महानगरपालिकाको खरिद इकाई प्रमुख हुँदा विभिन्न भ्रष्टाचार, कमिसन र टेण्डर सेटिङ प्रकरणमा विवादित बनेका व्यक्ति हुन्।
२०८२ साल साउनमा महानगरका कर्मचारीहरूले साहले खरिद प्रक्रियामा एकलौटी निर्णय गर्दै हरेक भुक्तानीमा ‘दररेट’ तोकी घुस माग्ने गरेको …
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ मनमैजुस्थित Rosemary Idol Boarding School मा आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षासम्बन्धी विशेष सचेतना तथा व्यवहारिक तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
Gas One Nepal Pvt. Ltd. को आयोजना तथा विद्यालयको सहकार्यमा सम्पन्न “Fire Control and LP Gas Safety Awareness Training Programme” ले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
२०८३ साल जेठ ८ गते शुक्रबार सम्पन्न कार्यक्रममा आगलागी नियन्त्रण, एलपी ग्यासको सुरक्षित प्रयोग, आकस्मिक विपद् व्यवस्थापन तथा प्रारम्भिक उद्धार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक …
तारकेश्वर नगरपालिका–१ स्थित साङ्ला बिहानी चोक नजिक रहेको मठमन्दिर परिसर तथा सार्वजनिक जग्गामा “द अनकाउन्टेड युथ्स” र अनाहाता नेपालको संयुक्त आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रमले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको आयोजकले बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले सरसफाइसँगै वृक्षारोपणमा सक्रिय भूमिका निभाउँदै समुदायप्रतिको जिम्मेवारी र सामाजिक चेतना अभिवृद्धि गरेका थिए।
संस्थाहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानले समाजमा हरियाली विस्तार र वातावरण संरक्षण आवश्यक रहेको सन्देश …
काठमाडौं । तार्केश्वर नगरपालिका भित्र सञ्चालन भइरहेका केही निजी विद्यालयहरूले भाडामा लिएको जग्गाको मालपोत तथा सम्पत्ति करसमेत आफैं तिर्दै आएको विषय बाहिरिएपछि शिक्षा क्षेत्र, अभिभावक तथा कानुनविद्हरूबीच गम्भीर बहस सुरु भएको छ ।
प्रश्न सीधा छ —
जग्गाको मालिक एकातिर, तर कर तिर्ने विद्यालय किन ?
कतिपय विद्यालयहरूले वर्षौंदेखि :
लाखौं रुपैयाँ घरभाडा तिर्ने,
त्यसमाथि मालपोत तथा सम्पत्ति कर पनि व्यहोर्ने,
नवीकरण र स्थानीय शुल्कसमेत तिर्नुपर्ने अवस्था रहेको स्रोतहरूको दाबी छ ।
यसले अहिले शिक्षा क्षेत्रमै ठूलो प्रश्न खडा गरेको छ —
“विद्यालय सञ्चालन गर्ने कि जग्गाधनीको कर तिरिरहने ?”
कानुनले के भन्छ ?
मा प्रकाशित प्रचलित कानुनी व्यवस्था अनुसार …
तारकेश्वर नगरपालिका वडा नम्बर–११ स्थित दियालो फुलल्यान्डमा The Uncounted Youths र Anahata Nepal को संयुक्त आयोजनामा युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत भूमिकासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा समाजमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिका, समुदायप्रतिको जिम्मेवारी, युवाहरूको क्षमता विकास, सामाजिक चेतना अभिवृद्धि तथा सकारात्मक समाज निर्माणमा युवाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा समाजमा बढ्दो हिंसा, विभेद, मानसिक दबाब तथा युवाहरूबीच चेतनाको अभावजस्ता विषयमा समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। आयोजक संस्थाहरूले सुरक्षित समाज निर्माण, …
काठमाडौं — शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ।
जंगलमा भेटिएको उक्त शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीकै भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार तिवारी वैशाख ११ गते घरबाट बजार जाने भन्दै निस्केकी थिइन्।
बेलुकासम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो, त्यसपछि खोजी अभियान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा तिवारीसँग एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उनले नै हत्या गरी शव जंगलमा गाडेको स्वीकार गरेको …
काठमाडौं, २०८३ वैशाख १९ — तारकेश्वर नगरपालिकामा युवाहरूको सक्रियता झन् बलियो बनाउने संकेत देखिएको छ।
‘द अनकाउन्टेड युथ’ नामक युवा संस्थाले शनिबार सम्पन्न भेलाबाट निरज बिक्रम थापा (निल)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै औपचारिक रूपमा नयाँ यात्राको घोषणा गरेको हो।
विगत केही समयदेखि ओझेलमा परेका युवाहरूको आवाज उठाउने उद्देश्यसहित अघि बढेको यो संस्था अब संगठित र आक्रामक ढंगले सामाजिक अभियानमा उत्रने संकेत देखिएको छ।
भेलामा नगरका विभिन्न वडाबाट उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो, जसले संस्थाप्रति बढ्दो आकर्षण र विश्वासलाई प्रस्ट पारेको छ।
बलियो टिम, स्पष्ट लक्ष्य
नयाँ कार्यसमितिमा वरिष्ठ सल्लाहकारमा डा. प्रविन …









