Comments Add Comment

देश

List Grid
भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ५ खर्ब ५९ अर्ब बजेट आवश्यक

काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गरेको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण तथा पुनर्स्थापनाअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिने भएका छन्।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण …

जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा धर्मस्थलीमा सम्पन्न

काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा–२०८३ धर्मस्थलीमा सम्पन्न भएको छ।
उप–क्षेत्र–३, धर्मस्थली अन्तर्गतको साधारण सभा २०८३ असोज १७ गते शनिबार बिहान १० बजे धर्मस्थली सामुदायिक भवनमा आयोजना गरिएको हो। सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्य सेवा तथा आगामी योजना र कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा तारकेश्वर नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भक्तिनारायण महर्जन विशेष अतिथिका रूपमा सहभागी थिए।
सभामा संस्थाका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो …

मनमैजुमा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ। संस्थाको उप–क्षेत्र–७, मनमैजुमा आयोजित साधारण सभा तारकेश्वर नगरपालिका–९ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्यलाई प्रदान गरिँदै आएका सेवा तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुवराज खड्का, प्रमुख अतिथि तारकेश्वर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन, संस्थाका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
साधारण सभामार्फत संस्थाले सदस्यको हितलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा …

जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा धितालचोकमा सम्पन्न

काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा तारकेश्वर नगरपालिका–५ धितालचोकस्थित बिन्दबासिनी मन्दिर परिसरमा सम्पन्न भएको छ।
२०८३ असोज १८ गते आइतबार बिहान सम्पन्न सभामा तारकेश्वर–५ का वडा अध्यक्ष शम्भु फुयाल, संस्थाका सचिव शम्भुबहादुर कार्की लगायत सहकारीका सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
संस्थाको धितालथोक क्षेत्रकी संयोजक सुनिता खतिवडाको संयोजनमा आयोजित सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सहकारीका गतिविधिबारे छलफल गरिएको थियो।

तारकेश्वर -१ साङ्ला बालकुमारी मा.वि मा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–१, साङ्लास्थित बालकुमारी माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विदुर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी, कर्मचारी, सेयर सदस्य तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा प्रवाह तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो। संस्थाका पदाधिकारीहरूले सहकारीलाई थप व्यवस्थित, पारदर्शी तथा सदस्यकेन्द्रित बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
जय इन्द्रायणी सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका विभिन्न …

काभ्रेस्थली मा.वि.मा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थली माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्यहरूलाई प्रदान गरिँदै आएको सेवा तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो।
साथै संस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउँदै सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड …

तारकेश्वरको फुटुङमा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उप–क्षेत्र ४–५ मा दोस्रो उत्कृष्ट समूहका रूपमा जागरण महिला समूहलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कारोबारकर्ता मानकुमारी फुयाल, देवकी पुडासैनी र कमला कार्कीलाई समेत सम्मान गरिएको थियो।
त्यस्तै, सहकारीले आफ्ना सदस्यका परिवारभित्र रहेका तथा यसै संस्थाका सदस्यका एसएलसी/एसईई परीक्षामा उत्तीर्ण छोराछोरीलाई …

पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा आकाशे पुल निर्माण हुँदै

पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा पैदल यात्रुलाई सडक वारपार गर्न सहज, सुरक्षित र व्यवस्थित बनाउन आकाशे पैदल पुल निर्माण भइरहेको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको क्रममा पैदल यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पुल निर्माण अघि बढाइएको हो। व्यस्त राजमार्गमा सडक वारपार गर्दा हुन सक्ने दुर्घटनाको जोखिम कम गर्न आकाशे पुल उपयोगी हुने नागढुंगा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
राजमार्ग क्षेत्रमा पैदल यात्रुको चाप र सवारीसाधनको आवतजावतलाई ध्यानमा राख्दै सडक सुरक्षाका संरचनालाई प्राथमिकताका साथ निर्माण गर्ने काम भइरहेको जनाइएको आयोजनाले जनाएको छ ।
आकाशे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा पैदल यात्रुले सवारीसाधनको जोखिमबिना …

धनुषाका १८६ परिवारले पाए लालपुर्जा

धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक बटेश्वर गाविस–१ देखि ९ सम्मको क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रमा २०७४ सालमै नापजाँचको काम सम्पन्न भएको थियो । नापजाँच तथा नक्सांकन पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ परिवारले आफ्नो जग्गाको औपचारिक स्वामित्व प्रमाणित …