- Home
- Showing Post From:-देश
देश
काठमाडौं । तारकेश्वर नगरपालिका–१, साङ्लास्थित बालकुमारी माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विदुर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी, कर्मचारी, सेयर सदस्य तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा प्रवाह तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो। संस्थाका पदाधिकारीहरूले सहकारीलाई थप व्यवस्थित, पारदर्शी तथा सदस्यकेन्द्रित बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
जय इन्द्रायणी सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका विभिन्न …
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थली माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्यहरूलाई प्रदान गरिँदै आएको सेवा तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो।
साथै संस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउँदै सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड …
काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उप–क्षेत्र ४–५ मा दोस्रो उत्कृष्ट समूहका रूपमा जागरण महिला समूहलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कारोबारकर्ता मानकुमारी फुयाल, देवकी पुडासैनी र कमला कार्कीलाई समेत सम्मान गरिएको थियो।
त्यस्तै, सहकारीले आफ्ना सदस्यका परिवारभित्र रहेका तथा यसै संस्थाका सदस्यका एसएलसी/एसईई परीक्षामा उत्तीर्ण छोराछोरीलाई …
पृथ्वी राजमार्गअन्तर्गत मझिमटारमा पैदल यात्रुलाई सडक वारपार गर्न सहज, सुरक्षित र व्यवस्थित बनाउन आकाशे पैदल पुल निर्माण भइरहेको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको क्रममा पैदल यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पुल निर्माण अघि बढाइएको हो। व्यस्त राजमार्गमा सडक वारपार गर्दा हुन सक्ने दुर्घटनाको जोखिम कम गर्न आकाशे पुल उपयोगी हुने नागढुंगा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
राजमार्ग क्षेत्रमा पैदल यात्रुको चाप र सवारीसाधनको आवतजावतलाई ध्यानमा राख्दै सडक सुरक्षाका संरचनालाई प्राथमिकताका साथ निर्माण गर्ने काम भइरहेको जनाइएको आयोजनाले जनाएको छ ।
आकाशे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा पैदल यात्रुले सवारीसाधनको जोखिमबिना …
धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक बटेश्वर गाविस–१ देखि ९ सम्मको क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रमा २०७४ सालमै नापजाँचको काम सम्पन्न भएको थियो । नापजाँच तथा नक्सांकन पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ परिवारले आफ्नो जग्गाको औपचारिक स्वामित्व प्रमाणित …
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ ।
शुक्रबार, कांग्रेस प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी बारे जानकारी दिएका छन् ।
महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका प्रवक्ता चालिसेले बताए । पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । देउवा भने आफ्नो समुहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन ।
त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा …
काठमाडौं । तारकेश्वर नगरपालिकामा बालुवा, ढुंगा, गिट्टी तथा अन्य प्राकृतिक स्रोतबाट राजस्व संकलन गर्ने प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। राजस्व संकलनको जिम्मेवारी र अधिकारको विषयमा स्पष्टता नहुँदा नगरपालिकाको प्रशासनिक नेतृत्व र राजस्व शाखाको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।
नगरपालिकाको राजस्व शाखा प्रमुख सागर अर्यालको जिम्मेवारीमा रहेको राजस्व संकलन प्रक्रियामा सम्बन्धित कर्मचारीको सट्टा नगर प्रहरीलाई फिल्डमा खटाएर बालुवाको बिल काट्न लगाइएको विषय सार्वजनिक भएको छ।
अझ चासोको विषय त के छ भने, News24Galaxy को टोलीले बिल काटिरहेका नगर प्रहरीसँग बिल काट्ने लिखित अनुमतिपत्र वा अधिकारपत्रबारे प्रश्न गर्दा उनीहरूले आफूहरूसँग त्यस्तो लिखित अनुमति …
बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित तीन जना सवार थिए । घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला …
नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।









