- Home
- Showing Post From:-देश
देश
३० साउन , काठमाडौ । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा त्यसमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा शनिबार १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सु।प।प्र।०१००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको अनुमान छ ।
प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
३० साउन , काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ ।
लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचनाका आधारमा नेपाल प्रहरीको टोली प्रसाईं निवास पुगेको हो । आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने आङ्कलन गरेर उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरी स्रोतको भनाइ छ । ‘अप्रिय स्थित सिर्जना नहोस् भनेर प्रहरीले सावधानीको उपाय अपनाएको हो,’ स्रोतले भन्यो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ …
काठमाडौं । तारकेश्वर नगरपालिका–६ स्थित शिवमन्दिर क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारी साधन तथा चालकको कडाइका साथ चेकिङ थालेका छन्।
पछिल्लो समय तारकेश्वर क्षेत्रमा सवारी दुर्घटनाका घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले निगरानीलाई तीव्र बनाएको हो।
संयुक्त चेकिङका क्रममा प्रहरीले लापसेसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। चेकिङका क्रममा शंकास्पद गतिविधि तथा सडक सुरक्षामा जोखिम निम्त्याउने अवस्थामाथि प्रहरीले विशेष निगरानी राखेको थियो।
धर्मस्थली प्रहरी प्रभागका प्रमुख यमबहादुर थापाका अनुसार पछिल्लो समय क्षेत्रमा दुर्घटनाका घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण, सवारी अनुशासन कायम तथा सम्भावित जोखिम नियन्त्रणका लागि …
कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–२ बस्ने १८ वर्षीय शिखर बिक छन् ।
पूर्व पश्चिम राजमार्गमा गतराति लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले शिखर विकले चलाएको लु १४ प ५१९० नम्बरको स्कोर्पियोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते छिन् । उनको बुटवल स्थित चौरहा अस्पतालमा उपचार भइरहेको छ ।
स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए । …
काठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्री भइरहेका १०० भन्दा बढी शङ्कास्पद नक्कली दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको छ।
विभागका अनुसार नियन्त्रणमा लिइएका वस्तुमा मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायतका सामग्री रहेका छन्। ती उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोगयोग्यता परीक्षण भइरहेको छ।
विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई तीव्र बनाइएको बताए। उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
विभागले बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।
काठमाडौं । सामुदायिक सेवा केन्द्र, तारकेश्वरको दोस्रो साधारणसभाले रामेश्वर देवकोटाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नेपालटारस्थित कान्तिपुर एभी पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले ११ सदस्यीय सचिवालय, एक जना संरक्षक तथा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजकुमार खड्का, उपाध्यक्षमा नारायणप्रसाद सापकोटा र इन्द्र गुरुङ, सचिवमा लक्ष्मण तिमिल्सिना, कोषाध्यक्षमा बालकुमारी आले, सहसचिवमा बलराम धिताल र भरत अधिकारी तथा सहकोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी, कार्यकारी सदस्यमा वासुदेव तिमिल्सिना र राधाकृष्ण खड्गी चयन भएका छन्। सदस्यहरूमा मिरा महर्जन, प्रकाश कटुवाल, प्रकाश महर्जन, मिना …
श्रावण १७ ,काठमाडौ । प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण चरण हो। यही अवधिमा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार तयार हुन्छ। यस समयमा प्राप्त हुने स्याहार, माया, सुरक्षा र सिकाइले उनीहरूको भावी जीवनको दिशा निर्धारण गर्छ।
गर्भावस्थादेखि नै बालबालिकाको उचित स्याहार र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी अभिभावकको हुन्छ। अभिभावक भन्नाले आमाबुबामात्र नभई हजुरआमा, हजुरबुबा, दाइदिदी तथा अन्य स्याहारकर्तासमेत पर्छन्। बालबालिकाको पहिलो माया, पहिलो गुरु, पहिलो साथी र पहिलो संरक्षक अभिभावक नै हुन्।
बालबालिकालाई उचित पालनपोषण, स्याहारसुसार, स्वास्थ्य तथा सरसफाइ, सुरक्षा, …
काठमाडौं । तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खु पुलमुनि थुप्रिएको प्लास्टिक तथा अन्य फोहोरका कारण अवरुद्ध भएको खोलाको बहाव पुनः सुचारु गरिएको छ।
प्लास्टिक र अन्य फोहोरले पानीको निकास थुनिँदा वर्षायाममा डुबानको जोखिम बढ्दै गएको अवस्थामा नगर प्रहरीले सरसफाइ अभियान सञ्चालन गरी पुलमुनि जम्मा भएको फोहोर हटाएको हो। सरसफाइपछि खोलाको बहाव सहज बनेको छ भने सम्भावित डुबानको जोखिम पनि न्यूनीकरण भएको नगरपालिकाले जनाएको छ। साथै, सरसफाइ अभियानले स्थानीय वातावरणलाई थप स्वच्छ र सुरक्षित बनाउन समेत सहयोग पुगेको छ।
नगर प्रहरीले खोला, नदी तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न र वातावरण संरक्षणमा सबै नागरिकले जिम्मेवार …
श्रावण १७ ,काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ …








