- Home
- Showing Post From:-बिचित्र संसार
बिचित्र संसार
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गरेको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण तथा पुनर्स्थापनाअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिने भएका छन्।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण …
बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित तीन जना सवार थिए । घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला …
ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । दुर्घटनाको अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जनाइएको छ ।
२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ वटा शव निकालिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ । यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।
टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।
विरोध र प्रदर्शन देशव्यापी बन्न थालेपछि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको स्थान जाँच्न प्रहरीले घर खानतलासी गरेको छ । मंगलबार शव बरामद भएपनि प्रहरीले पक्राउ परेका प्रोग्रेस चौधरी र सुमन थापा बस्ने घर खानतलासी गर्न मानेको थिएन ।
स्थानीयले गरिमाको हत्या भएको घर प्रोग्रेसकै रहेको दाबी गर्दै खानतलासी गर्नपर्ने बताउँदै आएका थिए । शनिबार अपरान्ह मात्रै प्रहरी हिरासतमा रहेका प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको हो ।
अहिले उक्त घरमा प्रहरीले खानतलासी गरिरहेको छ । मृतक गरिमा प्रोग्रेसको घरमा आउजाउ गरिरहने भएकाले यहि घरमा बलात्कार र हत्या भएको र शव ब्यवस्थापनका …
सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।
काठमाडौँको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरे ।
महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् ।
छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा। हेम केसीले बताए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
उनका श्रीमान् वैदेशिक रोजगारीका लागि …
५ भाद्र , काठमाडौ । सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की २३ वर्षकी गुरिया कुमारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज १त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको उक्त ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, बिहान …
५ भाद्र , काठमाडौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका- १७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।
उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २ण् वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न …








