Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो

१३ भाद्र , काठमाडौ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २.५४ ले घटेको छ ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला जलविद्युतको शेयरमा पनि सकरात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

नेप्सेमा आज पनि गिरावट

नेप्से परिसूचक ११४.०४ अंकले गिरावट

नेप्से परिसूचकमा ४६.४६ अंकको गिरावट