Comments Add Comment

Advertisment

SKIP THIS

कमाण्डो शैलीमा अभिनेता विद्युतले इन्गेजमेन्ट

२८ भाद्र काठमाडौ । बलिउड अभिनेता विद्युत जामवालले अन्ततः फेसन डिजाइनर नन्दिता मेहतानीका साथ आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् ।

उनले नन्दितासँग कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् । यद्यपि विद्युत र नन्दिताको यो इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् ।

‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले सामाजिक सञ्जालमा लेखेका छन् । विद्युतले सार्वजनिक गरेको फोटोमध्ये एक फोटोमा उनीहरु भित्तामा चढ्दै गरेका छन् भने अर्को फोटोमा उनीहरु ताजमहलमा उभिएका छन् ।

विद्युतले नन्दितालाई कमाण्डो शैलीमा प्रपोज गरेर औठी लगाइदिएका थिए । सैनिक परिवारको पृष्ठभूमि भएका विद्युतले एक विशेष शैलीमा इन्गेजमेन्ट गर्ने निर्णय लिएपछि आगरा नजिकै एक सैनिक क्याम्पमा पुगेर नन्दितालाई औठी लगाइदिए । उनीहरु दुवैले कमाण्डो शैलीमा भित्तामा चढ्दै इन्गेजमेन्ट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment