Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीद्वारा दोस्रोपटक पदभार ग्रहण

१७ मंसिर काठमाडौ । चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली गरेका छन ।

ओलीले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन । दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।

पदबहाली कार्यक्रममा उनले गठबन्धनबाट देश चल्न नसकेको बताए । “पाँचदलीय गठबन्धनबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यो भद्रगोल, यो अनियमितता, यो स्थिति देशले धेरै लामो भोग्न सक्दैन, हामीले सधैँ भनिरहेका छौं,” उनले भने ।

सरकार कार्यपालिकालाई प्रभावकारी ढंगले अघि बढाउने, न्यायपालिकाको जटिलतालाई समाधान गर्नेतिर नलागी विपरीत बाटोमा लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment