२६ माघ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत शेर जंग चन्द्रले प्रहरी जवानले वडा कार्यालयलाई जग्गादान दिएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेर जंग चन्द्रले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ को वडा कार्यालयलाई आवश्यक पर्ने जग्गादान दिएका हुन् ।

चन्द्रले भन्दै १२ लाख बराबरको एक रोपनी जग्गा वडा कार्यालयलाई दिएको बताए । पछिल्लो सयम सामाजिक सेवामा मानिसहरुको वितृष्णा जागेको वेला चन्द्रले वडा कार्यालयलाई जग्गादान गर्नु निकै सरहनीय काम गरेको सरोकारवालाहरुले बताए ।
– जग्गा दान
जीवन जिउन हरेक बर्षहरु संघर्ष र प्रयत्नमै बितिरहेका छ्न। थुप्रै अभावहरु छ्न । तर हामी अजम्बरी पनि होइन, बाचिरहने प्राणी पनि होइन। जिउनुको यथार्थमा हामी यो धर्तीको सुन्दर फुल भने अबश्य पनि हो ।
बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्ज उहाँको क्यान्सरबाट निधन हुनु अगाडि भनेको यो नोटले घोचिरहन्छ।
दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।
मेरो बा-आमा कहिलै पिलेन चढ्नु भएको थिएन, धेरै लाई यथार्थ भन्न लाज लाग्छ। नेपाल जस्तो बिकासन्मुख र गरिब मुलुकमा ८०५ नागरिक पिलेन चढेर आकाशमा उढेका छैनान, एक दिन म घर बिदामा थिए हामी आमा छोरा बारिको डिलमा बसेर साग केलाउदै थियौ , मेरो घरको माथी आकाशको रूड हुँदै सदै जुम्ला पिलेन उड्थ्यो, पिलेन देखाउदै आमा (मुवा) हजुरले भन्नू भयो बाबू यो जहाज बिहान बिहान सदै कहाँ जान्छ होला ।
जागीरमा धेरै सम्पत्ति आर्जन गरेर अबश्य पनि होइन, पुर्खैली सम्पत्ति धेरै भएर पनि होइन। तिनै स्वर्गीय आमा (मुवा) हजुरको सम्झनामा गोरु जोतेर मुरि उबाज्ने खेत बारिमा सडक बाटो पसे पछि बिकास र परिवर्तनले कोल्टे फेरे पछि तिनै प्रिय गहुबारी तिनै प्रिय धानबारिको छाती काटेर यो बितेको पाच पाच बर्ष सम्म कसैले जग्गा दान गर्ने आट नगरे पछि सार्बजनिक सेवा प्रवाह गर्न मैले रुकुम पश्चिमको सुन्दर नगरी चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयको निकट भबिस्यमा प्रशासनिक भबन निर्माणको लागि निशुल्क (जग्गा दान) गरेको छु।





