१५ साउन , काठमाडौ । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
सुर्खेतदेखि मुगुतर्फ आउँदै गरेको जीप आइतबार बिहान मुगु र जुम्लाको सिमानामा दुर्घटना हुँदा छायाँनाथ रारा नगरपालिका–२ का दिपक तिरुवाको मृत्यु भएको हो । चालक दल बुढा गम्भीर घाइते भएका छन् ।
बुढालाई उपचारका लागि जुम्ला लगिएको छ । त्यसैगरी आइतबारै छायाँनाथ रारा नगरपालिकाको रुगा कर्णाली नदीबाट बालुवा लिएर बाम गाउँतर्फ जाँदै गरेको ट्याक्टर रुगामा दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय लोकेन्द्र लावडको मृत्यु भएको छ ।
६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपेन्द्र आर्चायले बताए ।


