फाल्गुन २७ काठमाडौ । ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा आज बिहान भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ । बिहान साँढे ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । firefi उक्त आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको छ ।
आगोले जलेर ताप्लेजुङमा बृद्धाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
काठमाडौं–६ मा कांग्रेस, नेकपा र एमालेमाथि आचार संहिता उल्लङ्घनको गम्भीर आरोप-निर्वाचन आयोगमा उजुरी पुगेको दाबी
२०८२ फागुण १९ गते , मंगलबार
४
काठमाडौ -७ मा रास्वपाले काग्रेशलाई भारी मतले पछि पार्दै , सुर्य र तारा तेस्रोको लडाईमा
२०८२ फागुण १६ गते , शनिबार
५
डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा
२०८२ फागुण १४ गते , बिहिबार
६
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
२०८२ फागुण १४ गते , बिहिबार
सम्बन्धित खवर
Advertisment



