Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी सुदीप गिरीले हिरासतमा रहेका थुनुवाहरू र प्रहरी कर्मचारीसंगै होली मनाए

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरू र प्रहरी कर्मचारीसंगै होली मनाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी हिरासतमा रहेका थुनुवाहरू सबैलाई टिका र रङ्ग लगाइदिदैं अबका दिनमा असत्यमाथि सत्यको जित भएको यस पर्वकाे अवसरमा आफ्नो मनमा रहेको नराम्रो भावना फालेर राम्रो कामको सुरुवात गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदैं थुनुवाहरुसँग होली मनाएका हुन ।

वरिष्ठ उपरीक्षक गिरीले हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइ शुभकामना दिदै सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो त्यसैले पुरानो कटुता समाप्त गरेर सबैले दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्नुपर्छ रिसिवी भुल्नुपर्छ भन्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

एसएसपी गिरीले होली रङ्गहरूको चाड हो यस दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाए जस्तै जिवनलाई रङ्गिन बनाउन लाग्ने सबैलाई प्रेरणा मिल्नुका साथै होली आपसी सद्भावको पर्व हो । त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो ,भन्दै काठमाडौं प्रहरी परिसरका सम्पुर्ण कर्मचारी लगायत प्रहरी हिरासतमा रहेका थुनुवाहरूसंगै होली खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै