Comments Add Comment

Advertisment

SKIP THIS

वैद्यलाई छोडेर नेता ज्ञवाली र बजगाई प्रचण्डतिर

२६ बैशाख , काठमाडौं । पछिल्लो समय मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरु बढिरहेका छन् । यसैबीच मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वसहित नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा स्वागत गरिएको थियो । सो अवसरमा पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने नेता तथा साहित्यकार ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताए ।

उनले आफू पुरानै घर फर्कन पाउँदा खुशि भएको बताए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गनूृका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै मजदूर नेता बद्री बजगाई माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादी पार्टीभित्र बैचारिक र बौद्धीक नेताको रुपमा स्थापित उनी काठमाडौंका स्थायी बासिन्दा हुन् । सो पार्टी प्रवेश कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै