Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरी –३ को अध्यक्षमा अभिनेता राज विजयी

०२ जेठ , काठमाडौँ । अभिनेता राज घिमिरे (सानु राजा) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी १ हजार ५९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका राम आचार्यले १ हजार ४९ मत प्राप्त गरेका छन् ।

घिमिरे अघिल्लो पटक स्थानीय निर्वाचनमा यसै वडाबाट पराजित भएका थिए ।

घिमिरेले केही अगाडि आफूले जिते अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूले पाउने सेवा सुविधा गरिब तथा जेहन्दार विद्यार्थीका लागि खर्च गर्ने योजना सुनाएका छन् ।

नेपाली फिल्म चपली हाइटको अभिनयबाट परिचित बनेका उनले केही फिल्मसँगै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै