Comments Add Comment

Advertisment

SKIP THIS

यमनमा सरकार र हुथी विद्रोहीबीच दोस्रो चरणको वार्ता सुरु

२३ जेठ , काठमाडौं । यमनको सरकार र हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यमनको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ ।

त्यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि दोस्रो चरणको वार्ता हुन लागेको हो ।

यमनमा हुथी विद्रोहीहरुले वर्षौँदेखि हिंसा जारी राखेका छन् । जसका कारण हजारौँ नागरिकको ज्यान गएको छ ।

त्यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ ।

वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै