काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले आठ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।
बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा डिएसपी ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् । तस्तै यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र बिनोद घिमिरे रहेका छन ।
अब उनीहरु सबैको नयाँ कार्यालयमा पदस्थापन हुने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।