Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीसम्बन्धी देउवा-प्रचण्ड पत्रले माओवादीमा देखिएको ‘साइड इफेक्ट’

२४ माघ, काठमाडौ । सत्ता साझेदार दल माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिकपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएको छ।

माओवादीको केन्द्रीय समिति बैठक आगामी २७ माघमा बस्दै छ। पत्र सार्वजनिकपछि नेताहरूले माओवादी केन्द्र गठबन्धन र सरकार दुबैबाट अलग हुने पनि चेतावनी दिँदै आएका छन्। त्यसबारे निर्णय भएको छैन। केन्द्रीय समिति बैठकमा अलग हुनेबारे छलफल हुन्छ÷हुँदैनरु टुंगो पनि छैन ।

तर, प्रचण्डको समेत हस्ताक्षर रहेको पत्रमा एमसीसी पारित गर्ने र त्यसका लागि समय चाहिने व्यहोरा उल्लेख छ। प्रचण्डले भने सार्वजनिक रूपमा यथास्थितिमा पारित गर्न नसकिने अडान लिँदै आएका छन्। उनको तर्क छ– एमसीसी सम्झौता पत्रमा राष्ट्रघाती केही प्रावधान छन्। ती प्रावधान संशोधनविना संसदबाट अनुमोदन गर्न सकिँदैन।

गोप्य रूपमा एमसीसीलाई पठाएको उक्त पत्रमा भने प्रचण्डले यथास्थितिमा पारित गर्न नसकिने बताएका छैनन्। संसद्बाटै अनुमोदन गरिने प्रतिबद्धता जनाएका छन्, जसले गर्दा प्रचण्ड आलोचित छन्। यद्यपि, उनको सचिवालयले पत्र सार्वजनिक भएकै दिन आइतबार खण्डन गरिसकेको छ। तैपनि, केन्द्रीय समिति बैठकमा ‘आवश्यकताअनुसार’ छलफल हुने नेता देवप्रसाद गुरुङले बताए।

‘पत्र पठाएपछि हामीलाई जानकारी त दिनुभएको थियो। तर, गोप्य पत्र सार्वजनिक भयो। त्यसबारे केन्द्रीय समितिमा आवश्यकताअनुसार छलफल हुन्छ’, नेता गुरुङले भने, ‘हामीले यथास्थितिमा एमसीसी पारित गर्न सकिँदैन भनेकै छौँ र पाँचदलीय गठबन्धनमा सहमतिबिना टेबुल गर्न हुँदैन पनि भनेका छौँ।’

नेता गुरुङको भनाइको अर्थ गठबन्धनका घटकहरूबीच असहमति रहँदारहँदै एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसदमा टेबुल भए माओवादीले स्वीकार्दैन। माओवादी सरकार र गठबन्धनबाट अलग हुन्छ। नेताहरू लीलामणि पोखरेल, मातृकाप्रसाद यादवलगायतले यसबारे स्पष्ट रूपमा भन्दै आएका छन्– यथास्थितिमा एमसीसी अगाडि बढाउने भए सरकार र गठबन्धनबाट माओवादी बाहिरिन्छ।

माओवादी नेताहरू पत्र सार्वजनिक भएको विषयलाई लिएर आक्रोशित छन्। कतिपय नेताले पत्रको प्रतिरक्षा गरेका छन्। प्रतिरक्षा गर्ने नेतामध्ये एक हुन् नारायणकाजी श्रेष्ठ।

सार्वजनिक पत्रअनुसार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले गत २९ सेप्टेम्बरमा एमसीसी कार्यालयलाई परियोजना संसदबाट अनुमोदन गर्ने बताएको खुलेको छ। यो पत्र गोप्य राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment