Comments Add Comment

काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी

१८ बैशाख , काठमाडौं । काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी गरेकी छिन्।

नेविसंघ काठमाडौँ जिल्ला समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौँमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन्।

महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउँदै जनताका लागि काम गर्ने उनको भनाइ छ । त्यस्तै उनले काठमाडौँलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन्।

कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले महानगरको रूपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए। उनले महानगरमा अब देखिने गरि विकास हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै