७ असार , काठमाडौं । रुकुम पूर्वबाट तीनथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार सिस्ने गाउँपालिका–६ स्थित कुइरेपानीको जंगलबाट तीनथान भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको र थप अनुसन्धान भइरहेको छ ।


