Comments Add Comment

Advertisment

SKIP THIS

घाँटी थिचेर छोरीलाई जबरजस्ती विष खुवाइयो, सिकिस्त राधिकाको आइसियुमा उपचार हुँदै

२५ साउन ,काठमाडौ । सुनसरी बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका छन् ।

मादक पदार्थ सेवन गरी २० वर्षीया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका हुन् । साउन २३ गते कामतले छोरी राधिकालाई घाँटी थिचेर विष खुवाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तरकारी बालीमा किरा मार्न ल्याएको विष बुबा अर्जुनले छोरीलाई जबरजस्ती खुवाएपछि राधिका छट्पटाउँदै सडकमा आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने, सडकमा राधिकालाई छटपटाएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरे ।

प्रहरीले राधिकालाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा पुर्‍याएको छ ।

राधिकाको कोशी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी दिनहुँ बुबाले कुटपिट गरेपछि राधिका घर बाहिर बस्दै आएकी थिइन् । उनी घर गएको बेला अर्जुनले घाँटी समातेर विष खुवाएको प्रहरीले जनाएको छ ।

छोरीलाई विष खुवाउने अर्जुनलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै