१६ कात्तिक , काठमाडौ । उदयपुर प्रहरीले लागूऔषध नियन्त्रणमा हालसम्मकै उच्च सफलता प्राप्त गरेको छ । उदयपुर प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१० गैरुन र चौदण्डीगढी नगरपालिका ९ भिमाबाट १ सय ११ ग्राम ब्राउन सुगरसहित तीनजना भारतीय नागरिक तथा केहीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
चौदण्डीगढी नगरपालिका ९ भिमाबाट ८१ ग्राम ५ सय ५० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं.१२ बस्ने बर्ष ४८ का प्रमोद गुप्ता र सुनसरी इनरुवा ६ का सलिम मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका १० कालिखोलाबाट २९ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं ८ का जसबिर कुमार मण्डल र बिहारकै बिरपुर थाना वडा न। १२ बस्ने सन्तोष कुमार महतोलाइ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए ।
प्रहरीले लागूऔषध नियन्त्रणमा हालसम्मकै उच्च सफलता प्राप्त गरेको जनाएको छ । प्रहरी टोलीले को २८ प ४९६८ नं। को मोटरसाइकलमा सवार मियाँ र मण्डललाई खानतलासि गर्दा ब्राउन सुगर फेला पारेको हो भने मण्डल र महत्तोलाई भारतीय विआर ११ पीवि १३५५ नम्बरको स्कारपियोको गियरबक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।
पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाईकल र स्कारपियोसहित नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप लिइ आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।






