Comments Add Comment

बिंगो खेलिरहेको अवस्थामा काठमाडौंको बौद्धबाट प्रहरीले १६ जनालाई पक्राउ

२१ चैत , काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध प्लटिङस्थित खाजा घरबाट अनलाइन गेम बिंगो खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त खाजा घरमा बिंगो खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ७४ हजार एक सय ५० रुपैयाँसहित पक्राउ गरेको हो।

साथै प्रहरीले उनीहरूबाट एक हजार ५०० पिस बिंगो टिकट र दुई थान स्पिकर समेत बरामद गरेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै