Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरलाई संघको कार्यालय भृकुटीमण्डपमा स्वागत

काठमाडौं । नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई आइतबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गरेकी छन् ।

सो अवसरमा अध्यक्ष कुँवरले संस्थागत परम्परा र नविन आवश्यकतालाई सन्तुलन कायम गर्दै संस्थागत उद्देश्य प्राप्तिका लागि सबै पदाधिकारीहरूले साझा मन, वचन र कर्मका साथ काम गर्नुपर्ने बताइन् । समाजिक कल्याणकारी कार्य गर्ने पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उनले यस कार्यमा सबैको सल्लाह र सुझाव रहने विश्वास व्यक्त गरिन् ।

साथै सोही अवसरमा संघकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंह लगायत पूर्व पदाधिकारीहरूको समेत बिदाई गरिएको थियो ।

संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रीनले स्वागत मन्तव्य व्यक्त गरेकी उक्त कार्यक्रममा संघका पदाधिकारीहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै