१७ माघ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँमामात्र १ हजार ३६१ संक्रमित थपिएका छन् । भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २७१ संक्रमित भेटिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप ८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थपिए १ हजार ७२२ नयाँ संक्रमित
प्रकाशित मिती : २०७८ माघ १७ गते , सोमबार
० प्रतिक्रिया
छुटाउनुभयो कि? सबै
भारतमा ओमिक्रोनबाट २०० संक्रमित
२०७८ पुष ६ गते , मंगलबार
‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिए
२०७८ असार ६ गते , आइतबार
२0५ जनामा कोरोना संक्रमित
२०७८ मंसिर १९ गते , आइतबार
उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित
२०७८ फागुण १३ गते , शुक्रबार


