Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं परिसरमा एसएसपी विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेतको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना एसएसपीहरुको सरुवा गरेको छ।

गृह मन्त्रालयको आज साँझको निर्णय अनुसार १८ जना एसएसपीहरुको सरुवा सुची निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी विश्व अधिकारी तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतको सरुवा भएको छ। अधिकारी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

काठमाडौंमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ भने उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

एसएसपी दिपेन्द्र जिसीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै