२० असार , काठमाडौ । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न बस्दैछ ।
अपराह्न तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।
गत मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक गाडी जोरबिजोरमा सञ्चालन छन् । यसलाई भने निरन्तरता दिइने भएको छ । यस्तै पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरू भएको निषेधाज्ञा यही वैशाख २१ गते सकिँदैछ ।