Comments Add Comment

Advertisment

SKIP THIS

‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिए

६ असार, काठमाडौ । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment