Comments Add Comment

Advertisment

SKIP THIS

‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिए

६ असार, काठमाडौ । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

भारतमा ओमिक्रोनबाट २०० संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित