Comments Add Comment

Advertisment

SKIP THIS

आइजीपी नियुक्ति विवाद : एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज

३१ असार , काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको एआईजी पोखरेलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो ।

शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारको निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो ।

गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै