Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

२५ साउन , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ। त्यस्तै बुधबार ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५ हजार ८८५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment