इटालीमा अज्ञाथ व्यक्तिले गोली चलाउदा ३ जनाको मृत्यु -
Comments Add Comment

इटालीमा अज्ञाथ व्यक्तिले गोली चलाउदा ३ जनाको मृत्यु

२६ मंसिर , काठमाडौँ । इटालीको रोमस्थित एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन महिलाको मृत्यु भएको छ । एउटा महिला समितिको बैठक बसिरहेको ठाउँमा अज्ञाथ व्यक्तिले गोली चलाउँदा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीकी साथीसहित तीन महिलाको मृत्यु भएको जनाइएको छ । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए । ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन् । समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ ।

बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि ‘म तिमीलाई सबै मार्नेछु’ भनेर चिच्याएका थिए । घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिला निकोलेटा गोलिसानोलाई आफ्नो साथी रहेको बताएकी छिन् । अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ । एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment