१२ भदौ , काठमाडौं । ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्ने भएको छ ।
भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना गरिसकेको ग्लोबल बैंक अब भने दक्षिण कोरियामा शाखा खोल्ने तयारीमा जुटेको हो । शाखा स्थापनाको लागि आन्तरिक तयारी पूरा भएर कोरियाको नियामक निकायसँग कुराकानी भइरहेको बैंकले जनाएको छ ।
कोरियामा शाखा स्थापना गर्दा रेमिट्यान्स ल्याउन पनि सहज हुने र कोरियामा नेपाली बैंकले पनि व्यवसाय गर्न सकिने अवस्था देखिएको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंकले कोरियामा शाखा स्थापना गरेमा विदेशमा शाखा खोल्ने पहिलो बैंक पनि सोही बैंक हुनेछ ।





