Comments Add Comment

Advertisment

SKIP THIS

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी गर्ने सहमति

२४ पुष , काठमाडौं । हालै सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय पार्टीका रुपमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ ।

आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिमा रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने लगायतका विषय समावेश छन् ।

१२ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएरमात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुवै दलबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै