Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा कुकरले हानेर श्रीमानले गरे श्रीमती हत्याको प्रयास : अवस्था गम्भीर ,बच्चा भन्छन ममीलाई बचाईदिनुस

२० माघ , काठमाडौ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीको मातमा श्रीमतीलाई पिट्दा गम्भिर घाइते भएकी छिन् ।

पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर्दा गम्भिर घाइते भएकी हुन् ।

आइतबार राती कुटपिट गर्दा घाइते भएकी हरिमायाको अवस्था गम्भिर रहेको र उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

विपन्न परिवारकी हरिमायाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हरिमायाकी जेठी छोरी मञ्जु परियारले आमाको टाउकोमा रगत जमेको र उपचारका लागि बाहिरबाट औषधि किन्ने रकम नभएको सुनाइन् ।

उनका अनुसार अहिलेसम्म अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । ‘अस्पतालले हामीले गर्नुपर्ने गरेका छौ तर बाहिरबाट औषधि ल्याउनुप¥यो भने तपाईँहरुले ल्याउनुपर्छ भनेको छ ।

अवस्था गम्भिर छ हामी काम गरेर छाक टार्नेले अब औषधि किन्न परे कहाँबाट रकम ल्याउने’ उनले भनिन,‘बाहिरबाट औषधि ल्याउप¥यो भने हामीले आमालाई बचाउन सक्दैनौ । चाहेर पनि सक्दैनौं । भिडियो सहीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै