Comments Add Comment

Advertisment

SKIP THIS

जनयुद्धका सहिदको लिष्ट अद्यावधिक गरिने

५ चैत, काठमाडौ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ ।

सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो ।

जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने भएका छन् । ‘हामीले ७७ वटै जिल्लाका पार्टीका कमरेडहरूलाई जनयुद्धमा सहिद भएकाको नाम सङ्कलन गरेर सिफारिस गर्न अनुरोध गरेका छौँ ।

उहाँहरूले सबै नाम पुष्टि गरेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर पठाउनु हुने छ’ ती सचिवालय सदस्यले भने, ‘ती सबै सहिदको नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गर्ने छौँ ।’ जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित गर्न लागिएको हो ।

पहिलोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धका मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको थियो । त्यतिबेला सहिदको नाम राजपत्रमा प्रकाशित नभएपछि आधिकारिक हुन सकेको थिएन । अहिले प्रचण्ड प्रधानमन्त्री भएपछि सबै जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै