Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले विशेष चेकिङमा अवस्था ठिक नभएका ४२ वटा सवारी साधनलाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरमा विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार १३५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्यान्डब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकासहित अवस्था ठिक नभएका ४२ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

जसमा पिकअप गाडी १७ ओटा, टाटासुमो १०, बस र हाइस ३/३ ओटा र अन्य सवारी साधन ९ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ । अब सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै