Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीको प्रष्टीकरण : कारबाहीमा परे भौतिक रुपमा सक्कलै लाइसेन्स चाहिन्छ

काठमाडौं : ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिने बताएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेसबुक पेजमार्फत् सूचना जारी गर्दै नागरिक एपको लाइसेन्स देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्रै मान्य हुने स्पष्ट पारेको हो।

‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ।’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

सरकारले ट्राफिक जाँचका बेला नागरिक एपमा लिंक गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मान्य हुने निर्णय गरेको छ। तर अब लाइसेन्स नै बोक्न नपर्ने गरी समाचारहरू आएपछि महाशाखाले यस विषयमा थप स्पष्ट पारेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै