Comments Add Comment

Advertisment

SKIP THIS

कुवेत पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने जुनुलाई प्रहरीले गौशालाबाट पक्राउ

काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे रहेकी छन् ।

जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि कुवेत पठाइ दिने र त्यसका लागि प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै पीडित रस्मिता भुलोनबाट दुई लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

त्यसपछि पीडित भुलोनले तुम्बाहाङफेविरुद्ध उजुरी दिएकी थिइन्। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै