Comments Add Comment

Advertisment

SKIP THIS

सिमकोट विमानस्थलको हिउँ फाल्ने कार्य हुँदै

२३ माघ, काठमाडौं । सिमकोट विमानस्थलमा दुई फिटसम्म जमेको हिउँ फाल्ने कार्य सुरु भएको छ। स्नोलक भेइकलबाट हिउँ फाल्ने कार्य भएको हो। तीन दिनदेखि हिमपातले हवाई सेवा अवरुद्ध भएपछि हिउँ फाल्नेक्रम सुरु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य सुरु भएको बताउनुभयो।

बिहीबारबाट भएको हिमपातले हवाई सेवा अबरुद्ध हुँदै आएको छ। सिमकोट विमानस्थल साढे सात सय मिटर लम्बाई रहेको छ। शनिबार हिउँ फाल्ने कार्य सकिए शनिबारदेखि उडान सुरु हुनेछ। दैनिक १५ वटासम्म उडान हुने सिमकोट विमानस्थलमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै