Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ केजी चरेससहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्।

 

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

केहि दिन अगाडी मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचपास भएर साउन २६ मा काठमाडौंबाट लागूऔषध गाँजा हङकङ पुगेको घटना बाहिरिएको थियो ।

विमानस्थलबाट सुरक्षा जाँचपास भएको गाँजा हङकङमा बरामद अर्को पनि पढ्नैपर्ने
विमानस्थलबाट सुरक्षा जाँचपास भएको गाँजा हङकङमा बरामद
सामानमा लागूऔषध भेटिएपछि हङकङ प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै