Comments Add Comment

Advertisment

SKIP THIS

दश मिनेटमै पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर भागेका कुमारलाई प्रहरीले पक्राउ

पुस २७ गते। दश मिनेटभित्र पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक चौतारा सांगाचोकगढि नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामालाई प्रहरीले स्वयम्भूबाट नियन्त्रणमा लिएको हो।

गत पुस १६ गते सल्यान छत्रेश्वरी गाउँपालिका-४ घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वलीसँग दश मिनेट भित्रमा पैसा डबल बनाई दिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर विभिन्न प्रलोभनमा पारी निजसँग रहेको सात लाख लिई लामा फरार भएका थिए।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डौँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ६० हजार नगद र एक थान मोबाइल बरामद भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जल्ला प्रहरी परिसर, काठमाण्डौँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै