Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा फोहोर संकलन सेवा अस्थायी रूपमा बन्द, स्थानीयलाई सूचना

काठमाडौं । तारकेश्वर नगरपालिकामा फोहोर संकलन कार्य अस्थायी रूपमा रोकिएको छ।

बन्चरेडाडा ल्यान्डफिल साइटमा उत्पन्न समस्या र फोहोर व्यवस्थापनमा देखिएको अवरोधका कारण कार्तिक १२ गतेदेखि नियमित रूपमा फोहोर उठाउन नसकिएको तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि.ले जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक केदार खत्रीद्वारा जारी सूचनाअनुसार फोहोर संकलनमा आएका अवरोध समाधान नहुँदासम्म नगरक्षेत्रमा फोहोर उठाउन सम्भव नभएको र सेवाग्राहीलाई असुविधा हुन सक्ने जनाइएको छ।

सूचनामा भनिएको छ, “नगरबासी र व्यवसायीहरूले अस्थायी रूपमा घर र व्यवसाय स्थानमै सुरक्षित तरिकाले फोहोर व्यवस्थापन गर्न अनुरोध गर्दछौं। संकलन कर्मचारी तथा सवारी नपुगेमा नजिकैको कार्यालय वा कर्मचारीलाई जानकारी गराउनुहोला।”

समस्या समाधान भएसँगै पूर्ववत् रूपमा फोहोर संकलन सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यसअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा समेत ल्यान्डफिल साइटमा देखिएको विवाद र व्यवस्थापन समस्याले नगरबासी प्रभावित हुँदै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै