Comments Add Comment

रविन जिमीको हत्यामा संलग्न आरोपित बुद्धेलाई प्रहरीले संखुवासभाबाट १२ वर्षपछि पक्राउ

काठमाडौँ । हत्याको घटनामा संलग्न आरोपितलाई प्रहरीले संखुवासभाबाट १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–२ घर भएका बुद्धिराज जिमी उर्फ बुद्धे छन् ।

२८ वर्षीय जिमिलाई धर्मदेवी नगरपालिकास्थित तामाफोकबाट पक्राउ गरिएको संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

२०६८ फागुनमा साविक तामाफोक गाविस वडा नम्बर–५ बस्ने रविन जिमीलाई बुद्धिराज सहितका व्यक्तिहरुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा राम कुमार जिमी पनि संलग्न थिए । हत्यापछि ‘बुद्धे’ फरार थिए । प्रहरीले उनलाई संखुवासभा जिल्ला अदालतमा पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै