Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटको बागमतीमा बेपत्ता भएकाको शव फेला

३२ असार , काठमाडौं । धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो ।

गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर–५ बाट परिवारसहित पिकनिक खान आएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।

बुबाआमासहित पिकनिक खान आएका यादव अन्य दुईजनासहित पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा पुगेका थिए, तीनजना मध्ये महाराजा जैसवार र अमर यादव नदीबाट पौडिएर बाहिर निस्के पनि यादव भने बेपत्ता भएका थिए । प्रहरीका अनुसार बाग्मती ब्यारेजमा मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।

यसअघि पनि दुई भारतीयको बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत, बिहार सीतामढी जिल्लाका मयंककुमार जयसवाल र गोलुकुमार भन्ने रितेश साह बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । केही दिनपछि उनीहरुको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै