Comments Add Comment

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

१० जेठ , काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीशंकरका अनुसार सोमबार साँझ गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री स्थानीय ७० वर्षीय लाल बहादुर वि.क.लाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै