बैशाख ११, काठमाडौ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ ।
वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ ।










