Comments Add Comment

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइ फरार भएकी रश्मी सिग्देल पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइ फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ घर भएकी ४० वर्षीया रश्मी सिग्देललाई पक्राउ गरेको हो ।

सिग्देलविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा गत फागुन २३ गते २६ लाख ९८ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरार थिइन् ।

पक्राउ परेकी सिग्देललाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै