Comments Add Comment

Advertisment

SKIP THIS

दुई किशोरले सुरु गरेको एप कसरी बन्यो सवा खर्बको कम्पनी ? यस्ता छन् जेप्टो संस्थापकका ३ टिप्स

२३ साउन , काठमाडौं । केवल्य बोहराले स्ट्यानफोर्ड युनिभर्सिटीको पढाइ छोडेर आफ्नो स्टार्टअप सुरु गर्ने योजना बनाएका थिए । तर, उनका बुबाआमा उक्त कुरामा सहमत थिएनन् । त्यसमा बुबाआमालाई मनाउन उनलाई धेरै नै सकस पर्‍यो ।

उनका बुबाआमाले आफ्नै अघि छोराको व्यापार बढिरहेको देखेका थिए । त्यसैले पढाइ छोडिसकेको भए पनि उनीहरूलाई केही भन्ने बाटो नै थिएन ।

बोहरा र अर्का सहसंस्थापक आदित पलिचालाई उनीहरूको स्टार्टअप जेप्टो अस्तित्वमा ल्याउन नौ महिना लाग्यो । जेप्टो भारतीय बजारको एउटा त्यस्तो प्लेटफर्म, (ईकमर्स साइट) हो, जसले दश मिनेटभित्र ग्राहकलाई किराना समान उपलब्ध गराउँछ ।

हाल कम्पनीको मूल्य ९ सय मिलियन डलर अर्थात करिब १ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । किशोरावस्थाका युवाले विकास गरेको ई(कमर्स जेप्टोको सफलताको सूत्र के थियो, आज हामी त्यसै विषयमा चर्चा गर्दै छौँ ।

ग्राहकसँग कुराकानी

बोहराको अनुभवमा बजारमा राम्रो उत्पादन खोज्नु निकै नै महत्त्वपूर्ण हुन्छ । त्यो काम कसरी गर्ने भन्ने कुरा बोहराले प्रमाणित गरेर देखाए ।

“ग्राहकसँग कुरा गरिरहनु पर्छ । यसो गर्दा बजारको माग के हो र त्यसमा आफ्नो व्यापारले सही मार्ग तय गरेको छ वा छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ, “उनी भन्छन् ।

“मानिसहरूले कुन उत्पादनलाई सबैभन्दा बढी रुचाएका छन् भन्ने कुरा थाहा पाउन निकै नै गाह्रो कुरा हुन्छ । त्यसका लागि तपाईँले ग्राहकसँग बारम्बार कुरा गरिरहनु भयो र, उनीहरूले दिएका प्रतिक्रियाबाट केही सिक्नु भयो भने यो काम निकै सहज हुन्छ ।”

जेप्टोको सुरुवाती दिनमा १९ वर्षीय सहसंस्थापक आफैँले ग्राहक सेवा सम्हालेका थिए । त्यसपछि च्याट गरेको केही समयमै उनीहरू ग्राहकलाई किराना सामान डेलिभरी गर्न थाले ।

“हामी अहिले पनि त्यही काम गरिरहेका छौँ । हामीले दैनिक सयौँ हजारौँ अर्डरका साथै लाखौं ग्राहक पाइरहेका छौँ । हामी अझै पनि ग्राहकहरूसँग कुरा गरेर उनीहरूबाट नयाँ कुरा सिकिरहेका हुन्छौँ,” अर्का सहसंस्थापक पलिचा भन्छन् ।

आफ्ना उत्पादनलाई माया गर्नुहोस्

पलिचा र बोहरालाई कहिल्यै पनि गम्भीरतापूर्वक लिइएन । यसमा उनीहरूको उमेरभन्दा पनि १० मिनेटभित्र सामान डेलिभरी गर्ने उनीहरूको सोचाइ प्रमुख कारण थियो ।

“१२ महिनाअघि जब हामीले सेवा सुरुवात गर्यौँ, त्यस बेला जोसँग कुरा गर्दा पनि ‘तिमीहरू आफ्नो दिमागभन्दा बाहिर गइसकेका छौ । यो कदमले कहिल्यै काम गर्नेवाला छैन’ भन्नुहुन्थ्यो ।” पलिचाले विगत सम्झिँदै भने ।

तर, उनीहरूलाई आफ्ना उत्पादनमा सधैँ विश्वास बढ्दै गइरहेको थियो । “हामीलाई थाहा थियो, यदि हामीले सोचेको काम आफूले गरेनौँ भने अर्को दिन त्यो काम अरू कसैले गर्नेछ ।

यदि तपाईँले कुनै पनि काम यही मानसिकताले गर्नुभएको छ भने यसले कम तर्साउँछ,” पलिचाले थपे, “यही मानसिकताले काम गर्दा हामी दुई युवाले आफ्नो चुनौतीपूर्ण कामको कुरा लगानीकर्ता, वरिष्ठ कार्यकारी र सरकारी अधिकारीसामु राख्न सक्यौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै