काठमाडौँ, १ कात्तिक। जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रहरी कार्यालयको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सहयोग गर्ने समुदायका प्रतिनिधिहरूसँग ‘Meet & Greet with Community’ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम काठमाडौँ महानगरपालिका–१६ अन्तर्गतको बालाजु प्रहरी वृत्त परिसरमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशसभा सदस्य अमन मास्के, प्रदेशसभा सदस्य बसन्त मानन्धर, काठमाडौँ महानगरपालिका वडा नं. १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, बालाजु प्रहरी वृत्त पुनर्निर्माण तथा संरक्षण समितिका अध्यक्ष शिव भक्ती रंजित, समाजसेवी देवेन्द्र कुमार श्रेष्ठ लगायत संघ–संस्थामा आवद्ध व्यक्ति र स्थानीय बासिन्दाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको संयोजन बालाजु प्रहरी वृत्तका प्रमुख डिएसपी ज्ञानबहादुर बिष्टले गर्नुभएको थियो। उहाँले समुदायको सहयोगबिना प्रहरी सेवाको प्रभावकारिता हासिल हुन नसक्ने भन्दै प्रहरी र नागरिकबीचको सहकार्य अझ सुदृढ बनाउन यस्तो कार्यक्रमले पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा अतिथिहरूले प्रहरी वृत्तको पुनर्निर्माण र संरक्षणमा समुदायको सक्रिय भूमिकाको प्रशंसा गर्दै सुरक्षामा सबैको सामूहिक जिम्मेवारी हुने बताएका थिए।
नेपाल प्रहरीले “हर पहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नारासहित समुदायमैत्री सेवा विस्तार गर्दै आएको छ।
कार्यक्रमको आयोजना जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको हो भने स्थान बालाजु प्रहरी वृत्त परिसर रहेको थियो।














