Comments Add Comment

“तारकेश्वरको शुभाग्य क्याफेमा राति चोरको हमला ! कर्मचारीको होहल्ला पछि भाग्यो चोर”

तारकेश्वर नगरपालिका वडा नम्बर ८, शिव मन्दिर नजिकै रहेको शुभाग्य क्याफेमा गएराति चोरीको प्रयास भएको छ।

गए राति करिब ११ बजेतिर करिब ४० वर्ष उमेरको देखिने एक पुरुष हातहतियारसहित झोला बोकेर आएर क्याफेको ढोका फुटाउने प्रयास गरेको बताइएको छ।

सो क्रममा क्याफेभित्र सुतिरहेका कर्मचारीहरूले आवाज सुनी होहल्ला गरेपछि चोर भाग्न सफल भएको कर्मचारीले बताएका छन्।

तारकेश्वर क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार चोरी र लुटपाटका घटना बढ्दै गएका छन्। हिजो मात्र बेलुका गोलढुंगा फूलबारी गेट नजिकै दुई जना लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई बालाजु वृत्तमा अनुसन्धान गरिरहेको थियो।

क्याफे सञ्चालकका अनुसार, सिसिटिभी फुटेजमा मानिसको अनुहार स्पष्ट नदेखिए पनि ४० वर्षको हाराहारीको पुरुष झ्वास्स चिनिने गरी देखिएको छ।

यदि कसैले उक्त व्यक्तिलाई चिनेका वा देखेका छन् भने नजिकको प्रहरी कार्यालय वा 9851318374 मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै